

धनगढी । कैलालीको धनगढीमा लागूऔषधसहित ६ जना युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१२ “बि” गाउँबाट “ए” गाउँ बस्ने ३५ वर्षीय शेरबहादुर भण्डारी र २१ वर्षीय आशिष ढाँट पक्राउ परेका छन्। दुबै जनालाई ८५० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, कञ्चनपुर र अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।



यस्तै धनगढी उपमहानगरपालिका–२ त्रिनगर भन्सार ब्यारेलबाट सुदूरपश्चिम प्रदेश ०१–०१२ प ७४९५ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–५ बस्ने १९ वर्षीय विनोद गिरीले लागाएको हेल्मेट भित्र लुकाइ छिपाइ राखेको अवस्थामा ५ ग्राम १०० मिलिग्राम लागूऔषध ९खैरो हेरोइन०फेला पारी उक्त पदार्थ, मोटरसाईकल र मोटरसाइकल पछाडी सवार बाजुराको बुढीगंगा नगरपालिका–४ बस्ने २३ वर्षीय दिपेन्द्र खातीलाई प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।


यसैगरी धनगढी उपमहानगरपालिका–१९ लल्लिपुरबाट सोही ठाउँ बस्ने २७ वर्षीय उपेन्द्र रावल र १६ वर्षीय किशोर पक्राउ परेका छन्। यी दुबै जनालाई ९३० मिलिग्राम लागूऔषध ९खैरो हेरोइन०सहित इलाका प्रहरी कार्यालय बहुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। सोमवार पक्राउ परेका यी ६ जनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।