शिक्षा नै विकासको मूल आधार हो : आर्थिक मामिला राज्यमन्त्री बम

अत्तरिया- सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमले शिक्षा नै विकासको मूल आधार भएको बताएका छन् ।

अत्तरियाको लोटस आई अंग्रेजी माध्यमिक विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले ठूला भौतिक संरचनाहरू मात्र विकासको सूचक नभएको स्पष्ट पारे ।

Navadurga sun
Godawari sandesh

मन्त्री बमले भने, हामीले भवनहरू, अस्पतालहरू जस्ता देखिने संरचनालाई मात्र विकास मानेका छौं । तर, ती संरचनाको प्रयोग गर्न सक्ने सीप र ज्ञान नभए उपलब्धि प्राप्त हुँदैन । त्यसैले यसको सही तरिकाले सञ्चालन गर्न सबैभन्दा ठूलो विकास शिक्षामा नै हुनुपर्छ ।’

Dadeldhura hospital

उनले देशमा शिक्षाको पहुँचमा ठूलो प्रगति भएको उल्लेख गर्दै सरकारी विद्यालयहरूले राष्ट्रको शैक्षिक संकट समाधान गर्न महत्वपूर्ण योगदान पुगाएको बताए ।

राज्यमन्त्री बमले लोटस विद्यालयले समाजको विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । यस विद्यालयले युवाहरुलाई राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत चिनाउन सफलता प्राप्त गरेकोमा उनले प्रशंसा गरे ।

उनले बालबालिकाहरूलाई बेरोजगारी र द्रुब्र्यसनीबाट बचाउनको लागी विशेष विद्यालय र अभिभावकहरुको महत्वपूर्ण भूमिका हुने बताए । यस्तै बेरोजगारी समस्याको सन्दर्भमा राज्यमन्त्री बमले युवाहरूलाई मानसिक परिवर्तन आवश्यक रहेको बताए ।

उनले भने, हामी विदेशमा जस्तोसुकै काम गर्न तयार छौं, तर आफ्नै देशमा गर्न हिचकिचाउँछौं । यदि समाजमा मानसिक परिवर्तन ल्याउन सक्यौं भने बेरोजगारीको समस्या समाधान गर्न सकिन्छ । यसमा विद्यालयहरूले पनि ठूलो भूमिका खेल्न सक्छन् ।’

Loading...