नेपालमा ५० लाख ६३ हजारले लगाए कोरोनाविरुद्धको खोप
सुपमा २ लाख २२ हजार २३० जनाले लगाए कोरोनाविरुद्धको खोप





काठमाडौं, १३ भदौ- नेपालमा हालसम्म ५० लाख भन्दा बढी मानिसले कोरोना भाइरस विरुद्धको खोपको पहिलो डोज लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म नेपालमा ५० लाख ६३ हजार पाँच सय २२ जनाले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाएका हुन् ।


मन्त्रालयका अनुसार ४० लाख ५२ हजार ७६५ ले कोरोनाको दोस्रो मात्रा खोप लगाएका छन् । हालसम्म २० लाख ५२ हजार ७७ जनाले कोभिसिल्ड र एस्ट्राजेनेका खोपको पहिलो मात्रा पाएका छन् भने १० लाख ५९ हजार ७७८ जनाले दुबै मात्रा खोप पाइसकेका छन् ।



३० लाख १२ हजार ४४५ जनाले भेरोसेल खोपको पहिलो मात्रा र १६ लाख ४५ हजार २३८ जनाले दुबै मात्रा खोप लगाइसकेको मन्त्रालयले जनाएको छ । जोन्सन एन्ड जोन्सनको पूणर् खोप १३ लाख ४७ हजार७४९ जनाले लगाइसकेका छन् ।
सुदूरपश्चिम प्रदेशमा दुई लाख २२ हजार २३० ले पहिलो मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ ।
एस्ट्राजेनिका खोप सबैभन्दा बढी बागमती प्रदेशमा पाँच लाख ५७ हजार ९२० जनाले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाएका छन् भने प्रदेश १ मा तीन लाख १४ हजार ११७ जनाले कोरोना विरुद्धको पहिलो मात्रा लगाएका छन् ।
त्यस्तै प्रदेश २ मा कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाउनेमा तीन लाख २२ हजार ९११ छन् भने गण्डकीमा दुई लाख आठ हजार ७७७ छन् । त्यस्तै लुम्बिनीमा तीन लाख सात हजार ८७४, कणर्ाली प्रदेशमा एक लाख १७ हजार २४८ जनालाई खोप लगाएको मन्त्रालयले जनाएको छ ।



