कैलालीमा ९ जना जुवाडे पक्राउ

Dadeldhura hospital

धनगढी । कैलालीमा ९ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका–४ राजीपुरको अनिल केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६४ वर्षीय हरी सापकोटासहित ९ जना पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय चौमलाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद ७४ हजार, मोबाईल ७ थान र ४ गड्डी ताससहित पक्राउ गरेको छ।

 

Loading...