अत्तरिया- निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) सुदूरपश्चिम प्रदेशको चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।



सर्वसम्मत रूपमा चयन भएको कार्यसमितिको नेतृत्व चन्द्रबहादुर चन्दले गरेका थिए । सचिव पदमा सक्षम पाठशालाका प्रिन्सिपल तर्कराज भट्टराई निर्वाचित हुनु भएको छ ।



अध्यक्ष चन्द्रबहादुर चन्द, वरिष्ठ उपाध्यक्ष समरजंग बहादुर चन्द, उपाध्यक्षहरूमा केशव दत्त भट्ट, डम्बर बहादुर सोडारी, सचिवमा तर्कराज भट्टराई, कोषाध्यक्षमा भवानसिंह बिष्ट, सहसचिवमा प्रेमवल्लभ भट्ट, सहकोषाध्यक्षमा विक्रम कुमार शर्मा रहेका छन् । त्यस्तै सदस्यहरूमा गोपाल शर्मा गौतम, भवानी प्रसाद भाट, लाल प्रसाद घिमिरे, वासुदेव भट्ट, हेमन्त कुमार बस्नेत सर्वसम्मत चयन भएका हुन् ।
अधिवेशनमा प्याब्सन सुदूरपश्चिमको आगामी कार्यदिशा, निजी विद्यालयको गुणस्तरीय शिक्षामा सुधार, नीतिगत सुधार, तथा संघीय संरचनामा निजी विद्यालयहरूको भूमिका बारे छलफल गरिएको थियो । नवनिर्वाचित अध्यक्ष चन्द्रबहादुर चन्दले निजी विद्यालयहरूका समस्या समाधान गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नयाँ कार्यसमितिले सुदूरपश्चिम प्रदेशमा निजी विद्यालयहरूको सशक्त संगठन निर्माणका लागि सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
कैलालीको धनगढीमा आयोजित अधिवेशनका प्रमुख अतिथि नेपाल सरकारका गृहमन्त्री रमेश लेखक रहनु भएको थियो भने विशिष्ट अतिथिका रूपमा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

