

अत्तरिया- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोदावरीको दोस्रो नगर स्तरीय भेला सम्पन्न भएको छ ।



नगर सभापति दिपक ओझाको सभा अध्यक्षतामा सम्पन्न भएको दोस्रो नगर स्तरीय भेलामा पार्टीका सुदूरपश्चिम सभापति प्रकाश विष्ट प्रमुख अतिथि रहेका थिए ।


शनिबार कैलालीको अत्तरिया स्थीत फारवेल फुडल्यान्डमा सम्पन्न भएको भेलामा पार्टीका कृषि विभाग सदस्य लगायत नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । भेलाले रित्त पदहरूमा पदपूर्ति समेत गरेको छ ।

