पहिरोले महाकाली लोकमार्ग अवरुद्ध

दार्चुला, १२ भदौ— लगातारको वर्षापछि शैल्यशिखर नगरपालिका–६ ग्वानीनजिक पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध भएको छ । शनिबार बिहानै ग्वानीनजिक दुदुली सडक माथिबाट पहिरो खस्दा महाकाली लोकमार्गको गोकुलेश्वर–मालिकार्जुन खण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

Dadeldhura hospital

जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त सडकखण्ड अवरुद्ध हुँदा जिल्लाबाट बाहिर जाने र भित्रिने छोटो तथा लामो दूरीका सवारी साधन पूर्ण रुपमा बन्द भएका छन् ।

Navadurga sun
Godawari sandesh

काठमाडौं, महेन्द्रनगर, धनगढी, डडेल्धुरा बैतडीबाट जिल्ला भित्र्निे र यहाँबाट काठमाडौं, महेन्द्रनगर, धनगढी, बैतडीका लागि छुटेका सवारी साधन बीच बाटोमै रोकिएका छन् । सवारी साधन बीच बाटोमै रोकिँदा यात्रुहरू अलपत्र परेका छन् ।

Loading...