रेशम चौधरी जसपामै छन् : बाबुराम भट्टराई

धनगढी,११ भदौ- जनता समाजबादी पार्टी (जसपा) का संघीय अध्यक्ष बाबुराम भट्टराईले शेरम चौधरी आफ्ने पार्टीमा रहेको दाबी गरेका छन् ।

कैलाली क्षेत्रनम्बर–१ बाट निर्वाचित संघिय सांसद रेशम चौधरी महन्थ ठाकुरले गठनगरेको लोकतान्त्रिक समाजबादी पार्टीमा गएको भनेर अफवाह फैलाइएको उनले बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

‘लोसपामा गएका सांसदको सूचि निर्वाचन आयोगले सार्वजनिक गरेकोछ’ जसपा सुदूरपश्चिम प्रदेशले आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले भने–‘आयोगले सार्वजनिक गरेको सुचिमा रेशमको नाम छैन, उनि जसपामै छन् ।’ रेशम र आफ्नो लगातार संवाद भइरहेको बताउँदै उनले संवादका क्रममा पनि रेशमले जसपामै रहेको बताउनेगरेको बताए ।

Dadeldhura hospital

भट्टराईले कैलालीको टिकापुरमा भएको घटना नितान्त राजनीतिक भएको भन्दै त्यसलाई राजनीतिक रुपमै समाधान गरिनुपर्ने बताए । रेशमको विषयमा प्रधानमन्त्री देउवा समेत सकारात्मक रहेको बताउँदै उनले जसपाकै पहलमा शेरमको रिहाई हुने बताए ।

‘जसपालेनै रेशम चौधरिको रिहाई गर्न पहल गर्नेछ’ उनले भने–‘टिकापुर घटनालाई राजनीतिक रुपमा नै समाधान गर्न पनि हाम्रै पार्टीले पहल गर्नेछ ।’ एमालेले झापामा बन्दुक उठाएको र कांग्रेसले हवाइजहाज कब्जा गर्दा राजनीतिक रुपमा मिलाइएको भन्दै उनले अधिकारका लागि गरिएका आन्दोलनलाई बिद्रोह भन्न नमिल्ने बताए ।

उनले जसपा संघ देखी प्रदेश सम्म सरकारमा सहभागि हुने बताए । संघिय सरकारमा छिट्टै सहभागि हुने बताएका उनले सुदूरपश्चिम प्रदेमा पनि जसपा सरकारमा जाने बताए । ‘केही प्रदेशमा जसपा सरकारमा सहभागि भइसकेको छ’ उनले भने–‘अन्य प्रदेशमा पनि हामी सहभागि हुनेछौं’ त्यसको सदुपयोग गरी पार्टीलाई बलियो बनाउनु पर्दछ ।’

सरकारको नेतृत्व गरेका देउवाबाट धेरै आसा गर्न नसकिने उनको दावी छ ।

Loading...