ट्याक्टर भिरबाट खस्दा सहचालकको मृत्यु

गुल्मी । गुल्मीको कालीगण्डमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। कालीगण्डकी गाउँपालिका–२ अर्बेनीबाट बिसौनातर्फ गइरहेको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी ५०–६० मिटर तल खस्दा उनको मृत्यु भएको हो।

Dadeldhura hospital

मृत्यु हुनेमा लु३त ५११२ नम्बरको ट्रयाक्टरका सहचालक कालीगण्डकी –२ अर्बेनीका ५५ वर्षीय देवबहादुर विक रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

Navadurga sun
Godawari sandesh

दुर्घटनामा घाइते भएका विकको उपचारका क्रममा गल्याङ् नगर अस्पताल स्याङ्जामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिए। दुर्घटनापछि चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Loading...