कैलालीमा जारी निषेधाज्ञा अर्को आदेश नआएसम्म निरन्तरता




अत्तरिया, १० भदौ- कैलाली जिल्लामा जारी निषेधाज्ञा फेरि लम्बाइएको छ । कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा जारी अनिश्चित समय सम्मका लागि लम्बाइएको हो ।



यसअघि जारी भएको आदेशलाई अर्को आदेश जारी नभएसम्म निरन्तरता दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।


जिल्लामा कोरोना संक्रमण दर बढ्दै गएको भन्दै अर्को आदेश नआएसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालद्धारा जारी आदेशमा भनिएको छ ।




