बाजुरामा बसको ठक्करबाट चार वर्षीय बालकको मृत्यु

बाजुरा- बाजुरामा बसको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको बुढीगंगा नगरपालिका–८ का कुल लुहारका चार वर्षीय छोरा निशु लुहारको बसको ठक्करबाट मृत्यु भएको हो ।

Dadeldhura hospital

जिल्ला सदरमुकाम मार्तडीबाट महेन्द्रनगर आउदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१–१०२० नम्बरको बसले साँफे–मार्तडी सडकखण्ड अन्तर्गत बेतालमाण्डौ बजारमा उनलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दीलिप कुमार गिरीले बताए ।

godawari10 Mahila hinsa
Navadurga sun
Godawari sandesh

बसले ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको हो । घटना बिहिवार दिउँसो ३ बजेर ३३ मिनेटमा भएको थियो । बालकलाई ठक्कर दिने बस र चालक कञ्चनपुरको बेलडाँडी गाउँपालिका–१ का ४९ वर्षीय दिवाकर भट्टलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...