लागुऔषध सहित २ जना पक्राउ

कञ्चनपुर, १० भदौ- जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले कञ्चनपुरमा लागुऔषध खैरोहिरोइन सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका वडा नं. ५ का ३३ बर्षका सुरेन्द्रराज भट्ट र सोही नगरपालिका ८ मा बस्ने २८ बर्षका प्रकाश औजी रहेका छन् ।

Dadeldhura hospital

प्रहरीले भीमदत्त नगरपालिका वडा नं. ६ स्थित विद्युुत कार्यालय सडक किनारमा पार्किङ् गरी राखेको ना.४ ख ८२०५ नं. को बस भित्र सिटमा बसि रहेको बेला दुवै जनालाई चेकजाँच गर्दा ५।०८ ग्राम लागुऔषध खैरो हिरोइन, २ थान मोबाईल र ४१ हजार ७० रुपैयाँ नगद फेला पारेको प्रहरीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

पक्राउ परेका २ जना र बस सहित नियन्त्रणमा लिई कानून बमोजिम थप अनुसन्धान भईरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

Loading...