धनगढीको होटलमा एक महिला मृत फेला

धनगढी- कैलालीको धनगढीमा रहेको सोराइ होटलमा एक जना महिला मृत फेला परेकी छन् । जिल्लाको बेलडाँडीमा घर र बेलौरीमा माइतीघर भएकी महिला रहेकी छन् । केही दिनदेखि श्रीमान् सुर्जन रोकायासँगै होटलमा बास बसेकी कमला बिष्ट रोकाया बुधबार राति होटलमै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

Dadeldhura hospital

घटनापछि प्रहरी टोलीले घटनास्थल सुरक्षित गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कर्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताए । मृतकका श्रीमान् सुर्जन रोकायालाई आवश्यक अनुसन्धानका लागि प्रहरीले निगरानीमा राखेको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

उनीहरु लामो समयदेखि भारतको अमृतसर पञ्जाबमा होटल सञ्चालन गरी बस्ने गरेको र जग्गाको कारोबारका लागि हालै नेपाल भित्रिएको बुझिएको छ । मृतकका १ छोरा र १ छोरी रहेका छन् ।

Loading...