म एमालेमै छु : भट्ट

धनगढी । नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टले विचार र सिद्धान्तमा पराजय भोगेकाहरुले एमाले छाडेको भनेर कुप्रचार गरिरहेको बताएका छन् । सामाजिक सञ्जालमा आफूसहितका नेता, कार्यकर्ताले पार्टी छाडेको भनेर गलत प्रचार गरिएको भन्दै भट्टले आम नागरिकलाई भ्रममा नपर्न आग्रह गरेका छन् ।

Ganyapdhura gau
Dadeldhura hospital

‘म तीन दिनदेखि हाम्रो पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी थिएँ तर मंगलबार सामाजिक सञ्जालमा एकाएक मेरो बारेमा पार्टी छोड्यो भनेर कुप्रचार गरेको कुरा अबेर साँझ निवासमा पुगेपछि थाहा पाएँ’, भट्टले भने, ‘यो सबै कुरा भ्रम हो ।’

Navadurga sun
Godawari sandesh

उनले विचार र सिद्धान्तले नसक्नेहरुले आफ्नो चरित्रहत्या गरेर विवादित बनाउने कुचेष्टा गरिरहेको बताए । ‘विचार र सिद्धान्तले नसक्नेहरुले एमाले छोडे भनेर भ्रम फैलाइरहेका छन् । म एमालेमै छु । आम जनता र कार्यकर्तालाई भ्रममा नपर्न आग्रह गर्दछु’, सचिव भट्टले भने ।

पूर्वसचिव भीम उपाध्यायले फेसबुकमा स्टाटस लेख्दै एमाले सचिव लेखराज भट्टसहितका ४६ जनाले पार्टी परित्याग गरेको स्टाटस लेखेका थिए । पछि उनले उक्त स्टाटस हटाएका थिए । माओवादीकी नेता दुर्गा जोशी भट्टले पनि भट्टको जनयुद्धकालीन तस्वीर फेसबुकमा राख्दै ‘फाइनल्ली लेखराज भट्टले एमाले छाडेका छन्’ भनेर स्टाटस लेखेकी थिइन् । पूर्व माओवादी नेता लेखराज भट्टले नेकपा भंग भएपछि माओवादी छाडेर एमाले रोजेका थिए ।

Couple
Loading...