दार्चुलाका बन्द भन्सार कार्यालयहरू पुनःस्थापना गर्नुपर्ने व्यापारीहरुको माग

दार्चुला, ८ भदौ- जिल्लाका विभिन्न भन्सार कार्यालयहरु बन्द रहेका छन्। तिंकर, सीतापुल, दत्तु र जौलजिवी छोटी भन्सार कार्यालय अहिले बन्द अवस्थामा रहेका छन्।

Ganyapdhura gau

जिल्लाका पालिकाहरूले भारतीय सीमा क्षेत्र लाली र तिंग्रम झोलुंगे पुल बनेपछि थप भन्सार कार्यालय राख्न माग गरेका छन्।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

व्यासको सीमा तिंकर तथा सीतापुलमा छोटी भन्सार कार्यालय पुनःस्थापनाका लागि पटक पटक अनुरोध गरिएको बताइएको छ।

लेकम गाउँपालिकाले पनि दुई वर्षदेखि लालीमा नेपाल–भारत जोड्ने झोलुंगेपुल बनेपछि छोटी भन्सार कार्यालय स्थापनाका लागि पत्र पठाएको बताएको छ।

भारत र चीनका नाकामा बजारको राम्रो सम्भावना रहेकाले छोटी भन्सार छिटो पुनःस्थापना गर्नुपर्ने व्यापारीहरुले माग गरेका छन् भने सरकारले मागलाई सम्बोधन नगरेको दार्चुला उद्योग वाणिज्य संघले जनाएको छ।

Couple
Loading...