देशभर थप २५२५ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु




काठमाडौं, ८ भदौ- पछिल्लो २४ घण्टामा २ हजार ५ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९ सय ९ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार २० र ४ हजार ९ सय १ एन्टिजेन परीक्षणमा ५ सय ५ जना गरी २ हजार ५ सय २५ जनामा संक्रमण पुष्टि भएको हो ।



पछिल्लो २४ घण्टामा २ हजार ८६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । त्यस्तै ३५ जनाको मृत्यु भएको छ ।
मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५१ हजार १ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ५ सय ६८ पुगेको छ भने ७ लाख २ हजार १ सय ८३ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार २ सय ५० जना रहेका छन् । जसमध्ये ३५ हजार १ सय ४५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार १ सय ५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६ सय २० जना आईसीयू र १ सय ७० जना भेन्टिलेटरमा उपचाररत् छन् ।
त्यस्तै १० वर्ष मुनिका ३६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ७४ जना कोरोना संक्रमित थपिएका छन् ।



