भिरबाट लडेर २ जनाको मृत्यु

धनगढी- दार्चुला र डडेल्धुरामा भिरबाट लडेर २ जनाको मृत्यु भएको छ। दार्चुलाको लेकम गाउँपालिका–३ गुमखोलीस्थित बसुनढुङ्गा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

Dadeldhura hospital

२३ वर्षीय महेश थापाको भिरबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लाली दार्चुलाले जनाएको छ । उनी १५० मिटर तल खसेका थिए । यता डडेल्धुरामा पनि भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

जिल्लाको आलीताल गाउँपालिका–३ सुदुपस्थित चौरा भिरबाट लडेर ४६ वर्षीय हर्कबहादुर मडैको मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ। उनी तीन सय मिटर तल खसेका थिए ।

Loading...