सुनको मूल्य बढ्यो

काठमाडौँ । आइतबार घटेको सुनको मूल्य सोमबार थोरै बढेको छ। आज सुनको मूल्य तोलामा एकसय रुपैयाँ बढेर एक लाख ६० हजार एकसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको मूल्य एक लाख ६० हजार रुपैयाँ थियो।

गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।

Navadurga sun

त्यसयताका दुई सातामा सुनको मूल्य ११ हजार रुपैयाँ घटिसकेको छ। आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ रुपैयाँले बढेको छ। हिजो मूल्य घटेर एक हजार नौसय पाँच रुपैयाँमा झरेको चाँदी आज एक हजार नौसय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

 

ADD Khali jpg
ADD Khali jpg
Loading...