अत्तरिया- कैलालीको गोदावरीमा आगलागीबाट कुखुरा फर्म जलेर नष्ट भएको छ।
कैलालीको गोदावरी नगरपालिका–५ गेटा बस्ने ३३ वर्षीय शंकर ऐरको खाली कुखुरा फर्ममा बिजुलीको तार सर्ट भई सोमबार आगलागी भएको हो। आगलागी हुँदा कुखुराको फर्म जलेट नष्ट भई अन्दाजी मुल्य २ लाख ५० हजार बराबरको क्षति भएको पहरीले जनाएको छ। आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको छ।

