बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

कैलाली । कैलालीमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–३ का ३८ वर्षीय दिपक कडेलको बसको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ।

Dadeldhura hospital

कडेललार्इ लम्कीचुहा नगरपालिका–१ पुर्ब लम्की स्थित सुदूरपश्चिम प्रदेश ०१००१ ख ९९६ नम्बरको पवनदुत यातायातको बसले ठक्कर दिदा उनी गम्भिर घाइते भएका थिए। घाइते कडेलको उपचारको क्रममा शनिबार मृत्यु भएको हो।

Navadurga sun
Godawari sandesh

बस र बस चालक कैलालीको लम्कीचुहा नगरपालिका–८ का ३२ वर्षीय नेत्रप्रसाद देवकोटालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Loading...