दार्चुलाबाट ८ जना जुवाडे पक्राउ

Dadeldhura hospital

दार्चुला । दार्चुलाबाट ८ जना जुवाडे पक्राउ परेका छन्। मालिकार्जुन गाउँपालिका–४ ऐरीछाना स्थित २५ वर्षीय किसनसिंह धामीको घरबाट जुवातास खेलिरहेको अवस्थामा किसनसहित ८ जना पक्राउ परेका हुन्।

आठै जनालाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले नगद २ लाख ३२ हजार ३७० र ३ गड्डी ताससहित पक्राउ गरेको हो।

Loading...