धनगढीमा होटेलको भान्साकोठामा आगलागी हुँदा साढे ४ लाखको क्षति

धनगढी- कैलालीको धनगढीमा रहेको एक होटेलको भान्साकोठामा आगलागी हुँदा साढे ४ लाख बराबरको क्षति भएको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

धनगढी उपमहानगरपालिका–४ चटकपुर नजिक बझाङको बुंगल नगरपालिका– ३ बस्ने नरेश बहादुर बोहराले संचालन गरेको न्यु प्रत्युस मिनि खप्तड होटेलको भान्सा कोठामा राति एक्कासी आगलागी भएको हो।

Navadurga sun
Godawari sandesh

आगलागी हुँदा होटेलको भान्साकोठा भित्र रहेका करिब ४ लाख ५० हजार मूल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Couple
Loading...