बैतडीमा बोकाले हान्दा एक महिलाको मृत्यु

बैतडी- बैतडीमा बोकाले हान्दा एक महिलाको मृत्यु भएको छ ।

Dadeldhura hospital

जिल्लाको सुर्नया गाउँपालिका–३ तडिगाँउकी ४५ वर्षीया पार्वती भट्टको आज (सोमवार) दिउँसो स्थानीय दोसिर भन्ने भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो ।

Navadurga sun
Godawari sandesh

खर काट्न गएकी पार्वती छिमेकीको बोका खरबारीमा आएपछि धपाउने क्रममा बोकाले हान्दा लडेर करिब ५ सय मिटर तल भिरमा खसेकी थिइन् ।

बोकाले हानेर ५ सय मिटर तल खसेकी भट्टको घटनास्थलमै मृत्यु भएको सोहि वडाका वडा अध्यक्ष शम्भु प्रसाद भट्टले बताए। मृत भट्टको घरमा श्रीमान, चार छोरा र चार छोरी छन् ।

Loading...