

धनगढी- कैलाली र डडेल्धुराबाट ३७ जना जुवाडे पक्राउ परेका छन् ।


डडेल्धुराको गन्यापधुरा गाउँपालिका-३ गोयलखेतमा ३२ वर्षीय दिपक देउवाको घरबाट जुवातास खेलिरहेको अवस्थामा देउवा सहित २८ जना पक्राउ परेका हुन् ।



जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ४ लाख ४१ हजार ८६९ र १६ गड्डी ताससहित पक्राउ गरेको हो ।
त्यस्तै कैलालीको घोडाघोडी नगरपालिका-६ अस्नारा स्थित सहदेब भट्टको खाली कुखुरा फर्मबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३२ वर्षीय नेत्र साउदसहित ९ जना जुुवाडे पक्राउ परेका छन् ।
यीनीहरुलाई इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले नगद २६ हजार ४२० र १ गड्डी तास सहित पक्राउ गरेको हो । बिहीवार पक्राउ परेका यी ३७ जनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





