कञ्चनपुरबाट १२ जना जुवाडे पक्राउ

Dadeldhura hospital

धनगढी । कञ्चनपुरबाट १२ जना जुवाडे पक्राउ परेका छन् । भीमदत्त नगरपालिका-५ वनगाँउबाट ३२ वर्षका भीम घटालको घरमा जुवातास खेलिरहेको अवस्थामा घटालसहित १२ जना पक्राउ परेका हुन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले नगद ८२ हजार ३२२ र ६ गड्डी ताससहित पक्राउ गरेको बताएको छ । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Loading...