ठुलो परिमाणमा तस्करीको सामान जफत

धनगढी- इलाका प्रहरी कार्यालय मालाखेती (अत्तरिया) ले ठूलो परिमाणमा तस्करीको सामान जफत गरेको छ ।

आइतबार मात्र गोदावरी नगरपालिका–४ बाट भन्सार छलेर ल्याएको ऊनी कोट, स्टकोट, लेटिज सुइटर थर्मकोट, सेन्डु लगायत गरेर एक लाख ३५ हजार ७२० मूल्यको सामान बरामद गरेर त्रिनगर भन्सार कार्यालय चलान गरेको हो ।

Navadurga sun
Godawari sandesh

इलाका प्रहरी कार्यालय मालाखेतीले असोज २४ गते गोदावरी नगरपालिका–१ बाट नेप्कीन पेपर १९ बण्डल स्काप ५० बण्डल र चाइनिज खानेकुरा ९ पेटी गरी करिब ४० हजार ६४० मूल्यको सामान बरामद गरेको थियो।

त्यस्तै असोज २७ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–१ धनगढी–अत्तरिया सडकखण्डबाट ८ लाख १४ हजार मूल्यको मोबाइलका कभर र मोबाइल स्क्रिन गार्ड बरामद गरेर भन्सार कार्यालयमा बुझाएको छ ।

असोज २२ गते इलाका प्रहरी कार्यालय मालाखेतीले गोदावरी नगरपालिका–१ मुख्य सडक खण्डबाट एक लाख ६० हजार ५५० मूल्यको स्टेसनरी सामाग्री र पर्दा कपडा बरामद गरेर त्रिनगर भन्सार पठाइएको छ ।

Dadeldhura hospital

त्यस्तै असोज १२ गते पनि इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखा र इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–२ तेघरी र गौरीगंगा नगरपालिका–६ बनबेहडाबाट लेडिज कुर्ता सुट, ब्लाउज, जुत्ता–चप्पल, लेडिज सुट, ब्याट्री गरेर ७० हजार ७७० मुल्य पर्ने अबैध सामान नियन्त्रणमा लिएको थियो ।

असोज १० गते भने अबैध सामानसहित प्रहरीले एक जनालाई पक्राउ समेत गरेको थियो । इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समुह र अस्थायी प्रहरी पोष्ट चौकीडाँडाबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–३ चौकीडाँडाबाट कञ्चनपुरको बेतकोट नगरपालिका–६ का २८ वर्षीय देवराज भण्डारीलाई स्टेशनरी र लेडिज कपडा सहित पक्राउ गरेको हो ।

५ लाख ३ हजार २३० मूल्यको अवैध सामान सहित भण्डारीलाई भन्सार कार्यालय पठाइएको थियो । त्यस्तै असोज ८ गते इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी टोलीले गौरीगंगा नगरपालिका–११ सितापुरबाट ४५० किलो चिनी बरामद गरिएको थियो ।

असोज ३ गते अस्थायी पोष्ट गोदावरीबाट प्रहरी सहायक निरीक्षक कर्ण बहादुर पार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–४ बाट २८ थान सुटपिस १४ थान कुर्ती गरेर २६ हजार ६ सय मुल्यको सामान बरामद गरेको छ ।

असोज २ गते गोदावरी नगरपालिका–१ अत्तरिया–धनगढी ६ लेन सडक खण्डको किनारामा बेवारिसे अवस्थामा चोरी गरेर ल्याएको इन्टरनेट केबल तार २० क्वाईल इन्टरनेट केबल तार ५ क्वाइल, इन्टरनेट राउटर २० थान, बोर्डर बक्स १० थान गरेर ६३ हजार १२५ मूल्यको सामान बरामद गरिएको छ ।

सोही दिन गोदावरी नगरपालिका–४ बाट ४० किलो चिनी र १९ प्याकेट लुगा धुने सोडा बरामद गरिएको थियो । इलाका प्रहरी कार्यालय मालाखेतीले नै भदौ २८ गते गोदावरी नगरपालिका–१ बाट विडी २३५ बण्डल, सुरपावर सुर्ती १५२ पाकेट, सुपारी ९६ पाकेट र चकलेट ४० पाकेट बरामद गरेको थियो ।

Loading...