सुदूरपश्चिम प्रदेशको आयोजनामा प्रदेश स्काउट परिषद्को पहिलो बैठक सम्पन्न

अत्तरिया- नेपाल स्काउट सुदूरपश्चिम प्रदेशको आयोजनामा प्रदेश स्काउट परिषद्को पहिलो बैठक सम्पन्न भएको छ । सामाजिक विकास मन्त्रालयको सभा हलमा नेपाल स्काउट नियमावली २०७७ संशोधन २०८० को परिच्छेद–५ को दफा ९ बमोजिम नेपाल स्काउट सुदूरपश्चिम प्रदेश स्काउट परिषद्को बैठकमा सामाजिक विकास मन्त्री तथा स्काउट प्रदेश प्रमुख मेघराज खड्काको अध्यक्षतामा तथा नेपाल स्काउट सुदूरपश्चिम प्रदेश प्रमुख आयुक्त नरेन्द्र थापाको उपाध्यक्षयतामा प्रदेश स्काउट परिषद् गठन सम्पन्न भएको हो।

Ganyapdhura gau
Dadhaldhura pur

प्रदेश परिषद् बैठकमा सामाजिक मन्त्रालयका उपसचिव गणेश सिह, सामाजिक मन्त्रालयका निजी स्वकीय सचिव झपट ढुङ्गाना, निजी सचिव महेन्द्र साउँद, नेपाली सेनाका सेनानी (मेजर) विपिन आचार्य, सशस्त्र प्रहरी बल एसपी दलबहादुर पाण्डे, नेपाल प्रहरीका एसपी राजीव बहादुर बस्नेत, शिक्षक महासङ्घ प्रतिनिधि मोहित सिंह भण्डारी र निर्वाचित सबै परिषद् सदस्यको उपस्थिति रहेको थियो ।

Navadurga sun

बैठकले कार्यकारी परिषद् गठन गरी वार्षिक कार्यक्रम बजेट तथा कार्यक्रम पारित गरेको छ । कार्यक्रम सञ्चालन प्रदेश अधिकृत हेमराज जोशीले गर्नु भएको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...