ग्याङ फाइट हुँदा ५ जना घाइते 

अत्तरिया- कैलालीमा ग्याङ फाइट हुँदा पाँच जना घाइते भएका छन् । जिल्लाको गौरीगंगा नगरपालिका–८ बडैपुरस्थित दुर्गा मन्दिरमा लागेको मेलामा बुधबार राति दुई समूहबीच ग्याङ फाइट भएको प्रहरीले जनाएको छ ।

फाइटका क्रममा दुवै समूहका गरेर पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले दुई समूहबीचको झगडामा पाँच जना घाइते भएको बताए ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

घाइते हुनेमा गौरीगंगाकै २५ वर्षीय बिक्रम बम, २३ वर्षीय सुरेश बम, २३ वर्षीय कृष्ण बोहोरा, २० वर्षीय दिनेश बसाल र २२ वर्षीय प्रशान्त कलेल रहेको उनले बताए । घाइतेहरु मध्ये तीन जनाको धनगढीको निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।

दुई समूहको झगडामा गौरीगंगाका स्थानीय २२ वर्षीय खेमबहादुर साउद, २४ वर्षीय लक्ष्मण विष्ट उर्फ माउटे र २० वर्षीय सुनिल खड्का पनि रहेको प्रहरी नायब उपरीक्षक बोहोराले बताए । उनकाअनुसार ग्याङ फाइट गर्ने एउटा समूहको नेतृत्व गर्ने गौरीगंगा नगरपालिका–५ का २१ दिनेश थापालाई पक्राउ गरिएको छ ।

प्रहरीकाअनुसार थापाको समूहमा खेम बम, लक्ष्मण बिष्ट र सुनिल खड्का थिए भने बिक्रम बम लगायतको अर्को समूह थियो । फाइटका क्रममा धारिलो हतियार समेत प्रहार भएको पाइएको प्रहरीले जनाएको छ ।

Loading...