ट्याक्टरबाट खसेर एक वृद्धको मृत्यु

अत्तरिया- कैलालीको धनगढीमा ट्याक्टरबाट खसेर एक वृद्धको मृत्यु भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–१२ हलीचोकमा ट्याक्टरबाट खसेर सोही ठाउँका ६५ वर्षीय धरमराज दमाईँको मृत्यु भएको हो ।

Dadeldhura hospital

उनी गोदावरी मन्दिरमा पूजा गर्न जाने क्रममा सुदूरपश्चिम प्रदेश ०१–००२ त ७१३५ नम्बरको ट्याक्टरबाट शुक्रवार खसेका थिए । उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो ।

Navadurga sun
Godawari sandesh

उनको उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । ट्याक्टर र चालक धनगढी–१२ का २१ वर्षीय शेरू दमाईँलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Loading...