अत्तरिया- कैलालीको अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।


मंगलबार एक समारोहका बिच पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीको सभापतित्व तथा नेपाल सरकारका पूर्व उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टको प्रमुख आतिथ्यतामा १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।



साधारण सभामा प्रमुख अतिथि भट्टले प्रतिभा वार्षिक मुखपत्र अङ्क ५ पनि विमोचन पनि गरेका थिए । कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर टि एन जोशी, गोदावरी नगरपालिकाका प्रवत्ता गोपालदत्त भट्ट, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत पुस्तकालयका आजीवन सदस्यहरूको उपस्थिति रहेको थियो ।
साधारण सभामा वार्षिक प्रतिवेदन, लेखा समिति प्रतिवेदन प्रस्तुत गर्नुका साथै पुस्तकालयलाई विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने व्यक्ति तथा संघ संस्थाहरुलाई सम्मान पनि गरिएको थियो ।
पुस्तकालयका कार्य समिति सदस्य नरेन्द्रराज शर्माको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव राजबहादुर कडायतले गरेका थिए ।
साधारण सभाको बन्दसत्रमा पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीले गत आर्थिक वर्षको प्रगति प्रतिवेदन तथा आगामी आर्थिक वर्षको अनुमानित कार्य योजना प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष श्री धर्मसिंह कुँवरले गत आर्थिक वर्षको आय–व्यय विवरण तथा आगामी आर्थिक वर्षको अनुमानित आय–व्यय विवरण प्रस्तुत गरेका थिए । उपस्थित आजीवन सदस्यहरुले उक्त लेखा प्रतिवेदन तथा प्रगति प्रतिवेदन सर्व सम्मतिले अनुमोदन गरेका छन् ।





