अत्तरिया- शिखर काफली सेवा समाज धनगढीले कैलालीको अत्तरियामा दसैँ तिहारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।



समाजका अध्यक्ष एवम् दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका प्राध्यापक बिष्णु महराको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री टेक बहादुर रैका रहेका थिए ।


कार्यक्रममा डोटीको तत्कालीन पचकट्या गर्खा हालको शिखर पुर्ख्यौली घर भएकाहरूको सहभागिता रहेको कार्यक्रममा एकआपसमा दसैँ तिहारको शुभकामना आदानप्रदान गरिएको थियो ।
बसाइँसराइको क्रममा कैलाली झरेकाहरु बिच आपसी सामाजिक सद्भाव कायम राख्न सेवा समाजको गठन गरि शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष महराले बताएका छन् ।





