बुंगल नगरपालिकाले आफ्नै भवनबाट सेवा दिन थाल्यो

बझाङ- बुंगल नगरपालिकाले आज देखि आफ्नै भवनबाट सेवा दिन थालेको छ । नगरपालिकाको आफ्नै सुविधा सम्पन्न भवन निर्माण भएपछि आफ्नै प्रशासनिक भवन वाट सेवा दिन थालेको हो ।

Dadeldhura hospital

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश कुँवरले भवन निर्माण सम्पन्न भएपछि सेवा प्रवाहमा सहज हुने बताउनु भयो । विगत ७ वर्षसम्म बिजगडामा भाडामा रहेको घरबाट सेवा दिदै गरेकोमा अब आफ्नै सुविधा सम्पन्न भवन हाटकोटबाट सेवा दिनुमा धेरै फरक पर्ने उहाँले बताउनु भयो । प्रशासनिक भवन सङ्घीय सरकार तथा नगरपालिकाको संयुक्त लगानीमा २ करोड ३१ लाखको लागतमा निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत कुँवरले बताउनु भयो ।

Navadurga sun
Godawari sandesh

२०७८ साल असार ३० गते वाइ आर हटैराज जेभीले २०८१ साल असार ३० गते काम सक्ने गरी ठेक्का लगेको भएपनि कोरोना र स्थानीय तहको निर्वाचनका कारणले केही निर्माणमा भने ढिलाइ भएको थियो ।

त्यस्तै भवनमा सबै शाखाले सेवा दिइरहेका छन् । बैठक हल देखि विभिन्न शाखा र नगर प्रमुख उपप्रमुखका कार्यकक्ष समेत उक्त भवन भित्र व्यवस्थापन गरिएको छ । नगरपालिकाका सम्पूर्ण सामाग्रीहरू उक्त भवनमा व्यवस्थापन गरिएको र आज देखि हाटकोट बाटै सेवा दिन थालिएको बुंगल नगरपालिकाले जनाएको छ ।

Loading...