कञ्चनपुरमा एक लाख नगद सहित १२ जना जुवाडे पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा एकलाख बढी रकमसहित प्रहरीले १२ जना जुवाडेलाई पक्राउ गरेको छ । बुधबार राति भिमदत्त नगरपालिका–१४ को बनकट्टीमा स्थानीय अमरसिंह कुवँरको बाझो कुखुरा फार्ममा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१४ बस्ने ३६ वर्षीय राजेन्द्र खाती, ३५ वर्षीय बसन्त कुवँर, ४५ वर्षीय गौरख कुवँर, ५२ वर्षीय रोशन बिष्ट, ५४ वर्षीय मणीराज कुवँर, ३८ वर्षीय शरेबहादुर कुवँर रहेका छन् ।

Navadurga sun

यस्तै भिमदत्त नगरपालिका–३ तिलकपुर बस्ने ४२ वर्षीय जगतबहादुर धामी ,३८ वर्षीय राजेन्द्र तिवारी, शुक्लाफाँटा नगरपालिका–३ बस्ने ३४ वर्षीय दिपक बोहरा, धनगढी उपमहानरपालिका–२ बस्ने ४४ वर्षीय पदम भाट, धनगढी–७ बस्ने २९ वर्षीय गौतम बिष्ट र गौरीगंगा नगरपालिका–४ बस्ने ४५ वर्षीय जगतबहादुर धामी रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...