पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

बझाङ । बझाङको जयपृथ्वी राजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। आज बिहान पाँच बजेदेखि तमैल बजारनजिकै जालेबगरमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो।

Ganyapdhura gau
Dadeldhura hospital

सडक अवरुद्ध भएपछि जिल्लाबाट छुट्ने र भित्रिने लामो तथा छोटो दुरीका सवारी साधन ठप्प भएका छन्। जसमा बझाङबाट धनगढी, काठमाडौं, महेन्द्रनगर, डडेल्धुराका लागि छुटेका र त्यहाँबाट बझाङ भित्रिने गाडीहरू ठप्प छन्।

Navadurga sun
Godawari sandesh

सडक खुलाउन एक्स्काभेटर आएको तर, पहिरो खस्न नरोकिँदा खुलाउन समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

Couple
Loading...