गोदावरीमा करेन्ट लागेर एक महिला घाइते

Dadeldhura hospital

अत्तरिया- कैलालीमा प्रेस कुकरबाट करेन्ट लागेर एक महिला घाइते भएकी छन् । जिल्लाको गोदावरी नगरपालिका–४ लङ्डीकीमा २३ वर्षीया एक महिला करेन्ट लागेर घाइते भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ ।

उनलाई खाना पकाउने क्रममा विद्युतीय कुकरबाट करेन्ट लागेको हो । करेन्ट लागेर घाइते भएकी महिलाको निर्सग अस्पतालमा उपचार भइरहेको छ ।

Loading...