धनगढीका सर्वाधिक रक्तदाता उपाध्याय सम्मानित

धनगढी- नेपाल औसधी व्यवसायी संघ सुदूरपश्चिम प्रदेशको दोश्रो साधारणसभामा सर्वाधिक रक्तदाता दिपक उपाध्याय सम्मानित भएका छन् । नेपाल औषधी व्यवसायी संघ सुदूरपश्चिमको प्रदेशको दोश्रो अधिबेशनको उदघाटन सत्रमा प्रदेशमै सबै भन्दा धेरै पटक रक्तदान गरेको भन्दै स्वयंसेवी रक्तदाता दीपक उपाध्याय सम्मानित भएका छन ।

Dadeldhura hospital

उपाध्याले हालसम्म १०६ पटक रक्तदान गरिसकेका छन । उपाध्यायलाई कार्यक्रमका प्रमुख अतिथि औसधि ब्यबस्था बिभागका महानिर्देशक नारायण प्रसाद ढकालले सम्मानपत्र र दोसल्लाले सम्मानित गरेका छन । कार्यक्रममा उपाध्याय संगै स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएको भन्दै विभिन्न ब्यक्ति सम्मानित भएका छन ।

Navadurga sun
Godawari sandesh

उपाध्यायलाई प्रदान गरिएको सम्मान पत्रमा रक्तदान जीवनदान भन्ने मूल मन्त्रबाट अभिप्रेरित भई मानव जीवन रक्षाका लागि स्वस्स्फुर्त रुपमा हालसम्म १०६ पटक रक्तदान गर्नुका साथै रक्तदानको बिषयलाई सामाजिकरण एबम जागरण गराउने कार्यमा यहाँले पुर्याउनु भएको योगदानको उच्च मुल्यांकन गर्दै आगामी दिनमा समेत निरन्तर सेवा गरिरहनु हुनेछ भन्ने अपेक्षा राख्दै यहाँको उत्तरोत्तर प्रगतिको शुभकामना सहित यो सम्मान पत्र प्रदान गरिएको छ । भनिएको छ । 

Loading...