काठमाडौं- आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर विशिष्ट व्यक्तिहरूको फेक भिडिओ बनाउँदै आएका युवक पक्राउ परेका छन् । प्रहरीको साइबर ब्युरोले बाजुराका २२ वर्षीय रमेश बहादुर रावतलाई पक्राउ गरेको हो ।




उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ । हालै मात्र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनीता डङ्गोललाई जोडेर बनाइएको एआइ भिडिओ भाइरल भएको थियो । त्यस विरुद्ध सुनीताले साइबर ब्युरोमा उजुरी समेत गरेकी थिइन् ।


पक्राउ परेका युवक सिन्धुपाल्चोकमा मेडिकल व्यवसाय गर्छन् । उनले अरु पनि फेक भिडिओ बनाउने गरेको पाइएको छ । तीन पार्टीका प्रमुख नेताहरू डान्स गरेको भिडिओ पनि उनले बनाएका थिए ।




