कृष्णपुरमा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुुरमा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत कृष्णपुर नगरपालिका–५ मा सुदूरपश्चिम प्रदेश ०१००९प ३७७७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री ५६ वर्षीय कृष्णपुर नगरपालिका–६ का हेमराज चौधरीको मृत्यु भएको हो ।

Dadeldhura hospital

आइतवार साँझ मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

दुर्घटनामा मोटरसाइकल चालक कृष्णपुर नगरपालिका–७ कालियापुर बस्ने ३१ वर्षीय राज कुमार राना घाइते भएका छन् ।

Loading...