बस खोज्न प्रयोग गरिएको १९ किलोको चुम्बक त्रिशूलीमा हरायो

चितवनको नारायणगढ–मुग्लिङ सडकखण्डस्थित सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा खसेका दुई बस खोज्न प्रयोग गरिएको एउटा १९ किलोको चुम्बक शनिबार त्रिशूलीले बगाएको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

नेपाल–भारतका संयुक्त सुरक्षा फौजबाट खोजतलास कार्य जारी रहँदा पनि बस र हराइरहेका यात्रुको अवस्था अझै अज्ञात छ । अवस्था पत्ता लाग्न नसकेपछि शनिबार भारतबाट मगाइएको दुई चुम्बकको सहयोगमा खोजी गरिएको थियो ।

Navadurga sun
Godawari sandesh

खोजी गर्ने क्रममा १९ किलोको चुम्बक त्रिशूलीले बगाएर बेपत्ता भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ। सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक जनक पुरीले एउटा १९ किलोको चुम्बक हराएकाले बस र त्यो दुवैको खोजी जारी रहेको जानकारी दिए ।

उनले अलि तल चुम्बकको संकेत मिलेको तर भेटिन बाँकी रहेको बताए । त्यहाँ १४ र १९ किलोका दुई चुम्बक बसको खोजीका निम्ति प्रयोग गरिएको थियो ।

Loading...