नेपाल ट्रेड युनियन कांग्रेस चुरेको अधिवेशन सहजपुरमा सुरु

अत्तरिया- नेपाल ट्रेड युनियन कैलालीको अधिवेशन चुरेको सहजपुरमा सुरु भएको छ । नेपाली कांग्रेस निकटका मजदुरहरुको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियनको शनिबार नेपाली काँग्रेस महासमिति सदस्य तथा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले उद्घाटन गरेका हुन् ।

Ganyapdhura gau

नेपाल ट्रेड युनियन चुरे गाउँपालिका सभापति योगेन्द्र बहादुर देउवाको सभापतित्वमा संचालित अधिवेशनको उद्घाटन गर्दै नगर प्रमुख भट्टले दोस्रो पालिका अधिवेशनको नयाँ नेतृत्व चयन गर्दा व्यक्तिगत सम्बन्ध र स्वार्थ भन्दा माथी उठेर सिंगो पार्टीको भलाई हुने गरी सक्षम सबल र असल नेतृत्व चयन गर्न सुझाव दिए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

अधिवेशन उद्घाटन समारोहमा चुरे गाउँपालिकाकी उपाध्यक्ष धना देवी थापा, गोदावरी नगरपालिका नगर प्रवक्ता गोपाल दत्त भट्ट, गौरिगंगा नगरपालिकाका नगर प्रवक्ता तथा नेपाली काँग्रेस कैलाली ४ का क्षेत्रीय सचिव विष्णु भाट, लगायत कांग्रेसका नेता तथा ट्रेड युनियनसँग आवद्व संस्थाका प्रतिनिधिहरु ट्रेड यूनियन संग आबद्दहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्ने वक्ताहरुले यस चुरे गाउँ पालिकाको विकास र समृद्धिको लागि अग्रज नेताहरुलाई समय समयमा गुहार्दा पनि केही योजना नपर्दा दुःख लागेको जनाएका छन् ।

आगामी दिनमा यस्ता समस्या न हुने गरी सबैले आपसमा मिलेर चुरेको समग्र विकासका लागि हातेमालो गर्दै जानुपर्ने बताएका छन् । कार्यक्रमको सञ्चालन हुकुम बहादुर बमले गरेका थिए भने स्वागत मन्तब्य लक्ष्मी राज भट्टले गरेका थिए ।

Loading...