नोभा हस्पिटल विवाद : साढे १३ लाख दिने सहमतिपछि परिवारले बुझ्ने शव

अत्तरिया- क्षतिपूर्ति दिने सहमति भएपछि धनगढीको नोभा हस्पिटलमा उपचारका क्रममा ज्यान गुमाएका युवकको परिवार शव बुझेका छन । जन्डिसको समस्या देखिएपछि अस्पताल भर्ना भएर उपचारका क्रममा मृत्यु भएका कञ्चनपुरको बेलौरी नगरपालिका–२ का १७ वर्षीय नसिब चौधरीको परिवारलाई क्षतिपूर्ति दिने सहमतिपछि शव बुझ्न तयार भएका हुन् ।

Ganyapdhura gau

मृतकका परिवारलाई क्षतिपूर्ति वापत साढे १३ लाख रुपैयाँ दिने, शनिबारको प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको उपचार, शव परीक्षण गरेर घरसम्म पुगाउने खर्च व्यहोर्ने सहमति भएको अस्पताल स्रोतले जनाएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

मृतकका मामा फूलाराम चौधरीले पनि अस्पताले परिवारलाई क्षतिपूर्ति दिने, घाइते दुई जनाको उपचार गरिदिने र शव परीक्षणको जिम्मा लिने सहमति भएको जानकारी दिए । चौधरीले उक्त सहमतिपछि शव परीक्षणको प्रक्रिया अघि बढाइएको बताए ।

जन्डिसको समस्या लिएर ७ साउनमा अस्पताल भर्ना भएका चौधरीको शुक्रबार दिउँसो मृत्यु भएको थियो । सामान्य अवस्थामा अस्पताल भर्ना भएका चौधरीको स्वास्थ्य स्थिती बिग्रिदै जादा समेत अन्यत्र रेफर गरिएको थिएन । तर शुक्रबार अवस्था निकै बिग्रिएपछि अन्तिम समयमा अस्पतालले नेपालगञ्ज वा भारतको बरेली लैजान भन्दै रेफर गरेको थियो । दिउँसो साढे ३ बजे नेपालगञ्ज लैजान एम्बुलेन्समा राख्ने क्र्रममा चौधरीको मृत्यु भएको थियो ।

त्यसपछि आफन्तले अस्पतालको लापरवाहीका कारण चौधरीको मृत्यु भएको भन्दै शव बुझ्न मानेका मानेका थिएनन् । तर अस्पतालले भने उपचारमा कुनै लापरवाही नभएको दाबी गरिरहेको थियो ।

उपचारमा लापरवाही गर्ने डाक्टरलाई कारवाही र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आफन्तले शनिबार अस्पतालमा तोडफोड गरेका थिए । आक्रोशित समूहले अस्पतालमा ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेर स्थिती नियन्त्रणमा लिएको थियो ।

Loading...