कैलालीमा फरार प्रतिवादी पक्राउ

अत्तरिया- कैलालीमा बैंकिङ कसुर मुद्दामा तीन लाख रूपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरिएको छ ।

Dadeldhura hospital

लम्कीचुहा नगरपालिका-१ बस्ने २० वर्षीय अमर गौतमलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई कैलाली जिल्ला अदालतले बैंकिङ् कसुर मुद्दामा तीन लाख जरिवाना तोकेको थियो ।

Navadurga sun
Godawari sandesh

मंगलबार ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले उनलाई लम्की बजारमा पक्राउ गरेको हो। उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा बुझाइएको छ ।

Loading...