बझाङमा जंगली च्याउ खाँदा ३ जना बिरामी

बझाङ- बझाङमा जंगली च्याउ खाँदा ३ जना बिरामी परेका छन् । जिल्लाको दुर्गाथली गाउँपालिका–५ का ४० वर्षीय तिलक पुजारा र उनका छोराहरु १२ वर्षीय दर्सन पुजारा र ५ वर्षीय सुभम पुजारा बिरामी भएको प्रहरीले जनाएको छ ।

Dadeldhura hospital

जंगली च्याउको तरकारी खादा तीनै जनालाई घर भित्र बेहोस अबस्थामा उनको श्रीमतीले फेला पारेपछि तत्काल जिल्ला अस्पत्ताल बझाङमा पुर्‍याएर उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक किशोर जोशीले जानकारी दिए ।

godawari10 Mahila hinsa
Navadurga sun

उपचाररत बुवा र कान्छो छोरा सुभमलाई थप उपचारको लागि डडेल्धुरा अस्पत्ताल रिफर गरेको जोशीले बताए । जेठो छोरा दर्सन भने सामान्य उपचार पश्चात डिस्चार्ज भएका छन् ।

Loading...