कसले फुटाउँछ सडक छेउका ऐना ?

हरिश चन्द/डडेल्धुरा १ श्रावण । केआईसिह राजमार्ग र भिमदत्त राजमार्गका बिभिन्न ठाउँमा केही समय अघि सडक ऐना (कन्भेक्स मिरर) राखिएको थियो । सवारी चालकको सजिलोका लागि घुम्ती सडकमा राखिएका मध्ये अधिकांश ऐना फुटाइएको छ ।  

Ganyapdhura gau

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

घुम्ती सडकमा सवारी साधन आएको सहजै देख्न मिल्ने ऐना कतै भत्किने, कतै पोल सहित हराउने गरेको ट्राफिक प्रमुख प्रकाश बहादुर धामीले जानकारी दिनु भयो । यात्रुको सुरक्षाको लागि राखिएको ऐना आफैँ असुरक्षित भएपछि पुन राख्ने, नराख्नेमा प्रहरी द्विविधामा परेको उहाँले बताउनु भयो।  

लाखौं रुपैयाँ खर्च गरेर राखिएको ऐना उचित रेखदेख नहुँदा हराइसकेका छन्। ‘घुम्तीमा विपरीत दिशाबाट आएको गाडी देखियोस् र चालकले पूर्व सतर्कता अपनाउन् भनेर घुम्तीमा ऐना राखिएको थियो। ‘अहिले अधिकांश ऐना फुटेको सडक डिभिजन कार्यालय प्रमुख रमेश भट्टराईले जानकारी दिनु भयो । 

कुल ८६ वटा (कन्भेक्स मिरर) भिमदत्त राजमार्गमा ४८ र  केआईसिह राजमार्ग  ३८ सडकमा राखिएको ऐना फुटाइएका छन् । समाजमा उच्छृङ्खलता बढेर घुम्तीका ऐना तोडफोड गर्ने प्रवृत्ति बढेको उहाँले बताउनु भयो। सार्वजनिक सम्पत्तिको संरक्षणमा नागरिकले चासो नदिँदा घुम्तीका ऐना असुरक्षित भएको प्रहरीले जनाएको छ । ऐना फुटाउने, चोरी गर्नेलाई कारबाही गर्ने बताए पनि प्रहरीले पहिचान गर्नै सकेको छैन । 

Loading...