कैलालीको अत्तरियामा भानु जयन्ती मनाइयो

अत्तरिया- कैलालीको अत्तरियामा भानु जयन्ती मनाइएकाे छ । प्रतिभा सामुदायिक पुस्तकालय अतरियाले २११औ भानु जयन्ती समारो २०८१ प्रभात फेरि एवं विविध साहित्यिक कार्यक्रम गरि  मनाएकाे छ । शनिबार कार्यक्रम संचालन पूर्व अत्तरिया बजार परिक्रमा गरी प्रभात फेरि कार्यक्रम गरि औपचारिक साहित्यिक कार्यक्रम सम्पन्न गरेको हो।  

Ganyapdhura gau

Navadurga sun
Godawari sandesh

प्रतिभा सामुदायिक पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीको सभापतित्वमा सञ्चालन कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान धनगढीका उपकुलपति तथा साहित्यकार डाक्टर टीएन जोशी हुनुहुन्थ्यो भने विशिष्ट अतिथि वडा नम्बर ४ का वडा अध्यक्ष हेमप्रकाश मल्ल तथा पूर्व क्याम्पस प्रमुख गिरिराज कडायत रहनु भएकाे थियाे । कार्यक्रमको सञ्चालन प्रतिभा पुस्तकालयका सचिव राज बहादुर कडायतले गरेका थिए । पुस्तकालयकै कार्यसमिति सदस्य नरेन्द्रराज शर्माले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए। 

Dadeldhura hospital

प्रमुख अतिथिले पृथ्वीनारायण शाहले जसरी नेपाल एकीकरणमा योगदान पुर्‍याए त्यसरी नै नेपाली साहित्यको एकीकरणमा भानुभक्त आचार्यले योगदान पुर्याएकाे थियाे । अत्तरियामा रहेकाे प्रतिभा पुस्तकालयले तीन जना उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्नु र भानुभक्तलाई पनि सम्मान गर्नु स्वागत योग्य भएको बताए । सभाको समापन गर्दै सभाध्यक्ष पुष्पराज जोशीले शनिबार अत्तरिया क्षेत्रका बुद्धिजीवीहरू को खुसीको दिन एसइइमा सुदूरपश्चिममा छ जना जिपीएमध्ये तीनजना गोनपा क्षेत्रकै परेछन्। आगामी दिनमा पनि यस्तै रिजल्ट आओस्। हाम्रा लागि खुसीको कुरा भएकोले हामीले उनीहरुलाई पुरस्कृत गरेका हौँ। भनेर भने। 

डोटी क्याम्पसका पूर्व प्राध्यापक तीर्थराज जोशीले देश निर्माणमा सबैको योगदान हुनुपर्छ। लडाई एकीकरण साहित्य खेलकुद आदि को क्षेत्रमा सबैले केही गर्नुपर्छ। साहित्यिक क्षेत्रमा भानुभक्त आचार्यको अवस्मरणीय योगदान छ। उनले साहित्यिक क्षेत्रमा कार्य गरेका छन्।

२०८० एसइइ परीक्षामा ४ जीपी ल्याउने तीन जनाहरूमा सम्मान गरिएको छ सम्मानित हुनुहुने तीन जनाहरूमा नीतिका अवस्ती दुर्गालक्ष्मी मावि अतरिया विकास राउत सैनिक आवासीय विद्यालय तेघरी र निर्मल ठगुन्ना सत्यवती एकेडेमी अत्तरिया का हुनुहुन्छ।

कार्यक्रममा साहित्यिक प्रस्तुति गिरिराज अबस्ती तुलसी भट्ट निर्मल भण्डारी मनिषा उपाध्याय मेनुका भट्ट रोशन बडु सरस्वती पाल मेलिना बिक पदम प्रकाश साउद प्रशान्त भट्ट सन्देश रावल दीर्घ फुलारा क्रिश भण्डारी कुसुम भट्ट आरबी साउद आदि व्यक्तिहरूले राखेका थिए। नेपालका राष्ट्रिय विभूतिमध्ये एक पर्ने भानुभक्त आचार्य धनञ्जय आचार्यका छोरा थिए। उनी तनहुको रमघामा जन्मेका थिए उनले घाँसीबाट प्रेरणा पाएर आफ्नो साहित्यिक क्षेत्रमा पसेका थिए।

Loading...