

धनगढी- कैलालीमा पहिरोमा परेर एक किशोर घाइते भएका छन् ।



जिल्लाको चुरे गाउँपालिका–६ का १३ वर्षीय सन्तोष नेपाली पहिरोमा परेर घाइते भएका छन् । उनी बाख्रा चराउन गएका बेला पहिरोमा परेर घाइते भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र कैलालीले जनाएको छ ।


घाइते सन्तोषको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।





