त्रिशूलीमा खसेका दुई बस दिनभर खोज्दा पनि भेटिएनन्

शुक्रबार बिहान नारायणगढ–मुग्लिन सडकखण्ड स्थित भरतपुर महानगरपालिका–२९ सिमलतालमा गएको पहिरोमा परी त्रिशूली नदीमा खसेका दुई वटा बस खोज्ने कार्य स्थगित भएको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

शुक्रबार साँझ ६ बजेसम्म खोन्दा पनि बसहरू नभेटिएपछि आजको लागि खोजी कार्य स्थगित भएको हो। सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, भोलि बिहानबाट कसरी खोजीमा जाने भन्नेबारे आजै बेलुकी सुरक्षा निकायको बैठक बसेर छलफल हुनेछ ।

Navadurga sun
Godawari sandesh

शुक्रबारको छलफलमा सशस्त्र प्रहरीको ११ गोताखोरसहित ७० जना खोजीकार्यमा खटिएका थिए। त्यस्तै, नेपाल प्रहरी र नेपाली सेनाको टोली पनि खोजी कार्यमा जुटेको थियो । बिहान साढे १० बजेदेखि खोजीकार्य सुरु भएको हो ।

पर्साको रंगपुरबाकाठमाडौँबाट गौर जाँदै गरेकोट खुल्ने एञ्जल डिलक्स प्रा.लि.को बस नं. प्र०३००६ ख १५१६ र प्रदेश०३–७०१ २४९५ नम्बरको गणपति डिलक्सको गाडी त्रिशूलीमा खसेको थियो। दुवै बसमा गरेर ५७ बढी मानिसहरू बेपत्ता भएको प्रारम्भिक अनुमान छ ।

Couple
Loading...