गोदावरी नगरपालिकाद्धारा कृषक समूहलाई कृषि सामग्री हस्तान्तरण

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाले किसानलाई कृषि सामग्री हस्तान्तरण गरेको छ । नगरपालिकाले वडा न. १० को खमौरादमौरामा रहेका तरकारी उत्पादक कृषक समूह, जहाँ कृषि पेशाबाटै जीविका पार्जन गर्ने कृषक समूहमा आबद्ध किसानलाई ५०% लागत अनुदानमा २ लाख ५० हजार बराबारको कृषि सामग्री हस्तान्तरण गरेको हो ।

पालिकाले तरकारीमा पकेट बिकास कार्यक्रम अन्तरगत यस क्षेत्रका २ वटा समूहलाई तरकारी खेती गर्न नविनतम प्रबिधि प्रयोगका लागि पालिका र कृषक समुहको संयुक्त लगानीमा हस्तान्तरण गरेको जानकारी कृषि शाखा प्रमुख नन्दी मल्लले बताएकी छिन ।

Navadurga sun

पालिकाले दमौरामा रहेको सुनौलो कृषि समूह र खमौरामा रहेको जनकण्याण कृषक समूहलाई ७ हर्ष पावरको मिनि ट्रेलर २-२ थान, थोपा सिचाईका लागि ४-४ लाईन पाईप, मल्चिङ प्लास्टिक २-२ रोल, फेरोमेन ट्रेप १५ -१५ ओटा, औषधी छर्कने ट्याङ्की २-२ वटा, क्रेट १५-१५ ओटा कृषक समूहलाई हस्तान्तरण गरेको छ।

कृषि सामाग्री हस्तान्तरण कार्यक्रममै गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरीदत्त भट्टले भने, आगामी दिनमा यस क्षेत्रका कृषक दाजुभाई तथा दिदी बहिनीहरुले उत्पादनलाई ब्यवसायीकरण गर्दै आत्मनिर्भरका उपायहरु अवलम्वन गर्नु पर्नेमा जोड दिएका थिए ।

विगत दुई बर्ष देखि नगरपालिका भित्र विभिन्न परियोजना सञ्चालन गरि कृषकहरुलाई सहायता प्रदान गरिरहेको ग्रामीण क्षेत्रमा रहेकाहरुलाई उद्ममी बनाउने गरी साझेदारीमा सबै वडाका मिहिनेती र तालिमप्राप्त कृषकहरुलाई टनेल, पाइप, स्प्रीङ्कल र बिउबिजन उपलब्ध गराएको जानकारी कृषि शाखा प्रमुख नन्दी मल्लले बताएकी छिन ।

हस्तान्तरण कार्यक्रममै जनकल्याण कृषक समूहकी उपाध्यक्षले भने, पालिकाले गरिबीको रेखा मुनी रहेका किसानलाई सहयोग गरी हात मुख जोड्ने बातावरण बनाईउन सहयोग गर्नुहोस, धनीमानीलाई सामाग्री बितरण गरेर उपलब्धी नहुने धारणा ब्यक्त गरेकी छिन ।

ADD Khali jpg
ADD Khali jpg
Loading...