कैलालीका विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद

धनगढी- कैलालीका विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।

धनगढी उपमहानगरपालिका–२ ब्यारेल, ३ ट्राफिक चौराहा, ७ मनेहरा,त्रिबेणीघाट, भजनी नगरपालिका–३ कांडा र टीकापुर नगरपालिका–९ बालुवाटार स्थित भित्री सडक खण्डबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ३ लाख २९ हजार ८९० मूल्य  बराबरको सामान बरामद गरिएको छ।

Navadurga sun

उक्त स्थानबाट प्याज, चिनी, बिडी, सुर्ती, खाने तेल, पेय पदार्थ, अचार, सरप, चप्पल, चार पाङग्रे टायर, स्कुटी टायर, मोटरसाइकल टायर, टायर वफर, प्लाष्टिक डोरी, प्लाष्टिक झिल्ली लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...