

धनगढी- कैलालीमा आफैँले चलाएको चम्पा ट्याक्टरले एक जनाको मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका-४ “के” गाँउ बस्ने ४० वर्षीय देवल चौधरीको आइतवार मृत्यु भएको हो ।



चौधरी आफैँले चलाएको चम्पा ट्याक्टर घर नजिकै पार्किङ गर्ने क्रममा पराल राख्न गाडेको काठमा ठोक्किएर घाटीमा चोट लागेपछि गम्भिर घाइते भएका थिए ।


उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।